काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेपछि सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
समूह चरण र अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम आज त्यसको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। यता लुम्बिनी भने सुदूरपश्चिममाथि पुनः जित निकाल्दै आफ्नो विजय यात्रा कायम राख्ने योजनामा छ।





