कात्तिक, १४ काठमाडौं । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्र ५ जनाको कोरोनाको संक्रमणका कारण मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार विराटनगरका तीन अस्पतालमा दुई महिला र तीन पुरुषको मृत्यु भएको छ ।
विराटनगर अस्पतालमा एक महिला, एक पुरुष, न्युरो अस्पतालको कोभिड अस्पतालमा एक महिला, एक पुरुष र कोसी अस्पताल कोभिड उपचार केन्द्रमा एक जना पुरुषको मृत्यु बिहीबार मृत्यु भएको कार्यालयले जनाएको छ ।
सुनसरी धरान उपमहानगरपालिका १२ की ७५ वर्षीय महिला र सप्तरीको मौली ५ का ६० वर्षीय पुरुषको विराटनगर अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएको बस्नेतले बताए।
यस्तै, न्युरो अस्पतालमा दुई जनाको मृत्यु भएको छ। बस्नेतका अनुसार विराटनगर महानगरपालिका ७ की ४५ वर्षीय महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।
कोसी अस्पतालको कोभिड पचार केन्द्रमा झापा कनकाई नगरपालिका ३ का अर्का पुरुषको मृत्यु भएको छ।







