काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






