स्वर्णिम र शिशिरसँगको तस्वीर पोस्ट गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का दुई सदस्यसँग जहाजमा खिचिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

तस्वीरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल देखिएका छन् ।

भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको उक्त तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि भारत भ्रमणमा सहभागी छन् ।

यसअघि पनि प्रधानमन्त्री शाहले मन्त्रीद्वय सुधन गुरुङ र सुनिल लम्सालसँगै बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।