थपिए ३५१७ जना कोरोना संक्रमित, कुल संख्या १ लाख ६८ हजार २३५

आइसीयूमा ३०० जना, भेन्टिलेटरमा ७१ उपचाररत

कात्तिक, १४ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ३५१७ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९२० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । यो कुल संक्रमितको ७६.७ प्रतिशत हो ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६६६ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ३८७ रहेको छ ।

त्यस्तै आजको पीसीआर परीक्षण जम्मा १४ हजार ९८९ भएको छ । हालसम्म १४ लाख ३४ हजार ५३ वटा पीसीआर नमुना परीक्षण भएको छ ।

आइसीयूमा अहिले ३०० जनाको उपचार भईरहेको छ भने भेन्टिलेटरमा ७१ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।