बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो ।

मूल्यवृद्धिसँगै बिहीबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको थियो भने सोमबार ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ पुगेको चाँदीको मूल्य सोमबार ४५ रुपैयाँले बढ्दै ३ हजार ११० रुपैयाँ कायम भएको थियो । आइतबार भने चाँदीको मूल्य ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँमा झरेको थियो ।