एटिएम मेसिन लुट्न खोज्ने पक्राउ

कात्तिक १५, तनहुँ ।
व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पर्सा पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाँलाई प्रहरीले नियन्त्रित लागूऔषध १ सय ३५ ट्याब्लेट नाईट्राभेट सहित पक्राउ गरेको हो ।

बानियाँले पैसा लुट्ने योजनाको साथ उक्त एटिएमको पिनहरू स्क्रुको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बानियाँलाई प्रक्राउ पर्दा उनले झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त लागू औषध र ग११प ९९६५ नम्बरको मोटरसाइकल बरामद भएको छ । उनी उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।