कात्तिक १५, नेपालगञ्ज ।
दाङ घोराहीका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको हो ।
बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो । आशंका लागेर स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए । योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जनाको मृत्यु भएको छ ।
यो अवधिसम्म बाँके जिल्लाका मात्रै थप ३० जनाको मृत्यु भइसकेको छ । सबै गरेर हालसम्म बाँकेमा ४८ जना संक्रमितको मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।







