कात्तिक १५, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार आउने तीन दिनसम्म मौसम सामान्य रहनेछ ।
महाशाखाका अनुसार शनिबार देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन । महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
पूर्वानुमानका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यसैगरी राति प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आइतबार दिउँसो प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।
आइतबार राति, देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, सोमबार दिउँसो देशका पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।







