झण्डै २ हप्तापछि ओली–प्रचण्डबीच भेटवार्ता

कात्तिक, १५ काठमाडौं । १२ दिन पछि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच भेट वार्ता भएको छ ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट भएको हो ।

केहीबेर अघि अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेको र अध्यक्षद्वयबीच छलफल चलिरहेको स्रोतले जनाएको छ ।

गत कार्तिक ४ गतेपछि ओली प्रचण्डबीच आज दिउँसो मात्रै भेटघाट भएको हो ।

मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेश विवाद, रअका प्रमुखसँग ओलीको भेट लगायत विषयलाई लिएर नेकपाभित्र विवाद चुलिएको छ ।

आन्तरिक विवाद चुलिएका कारण अध्यक्षद्वयबीच भेटघाट हुन नसकेपनि प्रचण्डको सचिवालयले भने प्रचण्ड कोभिडको कन्ट्रयाक ट्रेसिङमा परेका कारण भेटघाट हुन नसकेको बताएको छ ।