कात्तिक १६, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक लिमिटेडले ५५ करोड चार लाख खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५८ करोड १८ लाख खुद नाफा कमाएकोमा यस वर्ष बैंकको खुद नाफा ५.४० प्रतिशतले घटेको हो ।
यस अवधिमा बैंकको संचालन मुनाफा भने २७.६० प्रतिशतले बढेर ७७ करोड ८९ लाख पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ११.५४ प्रतिशतले बढेर एक अर्ब ४८ करोड पुगेको छ ।
पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ६४ लाख रहेको छ । त्यस्तै बैंकको निक्षेप २.३६ प्रतिशतले बढेर एक खर्ब ४५ अर्ब पुगेको छ भने कर्जा प्रवाह एक खर्ब सात अर्ब रहेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १९.५१ रुपैयाँ, प्रति शेयर नेट वर्थ २७३.४९ रुपैयाँ, खराब कर्जा ३.०२ प्रतिशत, बेस रेट ६.८१ प्रतिशत, कोषको लागत ३,९७ प्रतिशत, सिसिडि ६६.५४ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १७.०३ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खराब कर्जा २.७५ प्रतिशत थियो । ११ अर्ब २८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १९ अर्ब ५७ करोड रहेको छ ।







