जुवा खालबाट पूर्वमन्त्री खोभारी रायसहित १० पक्राउ

कात्तिक १६, काठमाडौं ।
पूर्व मन्त्री खोभारी राय जुवाखालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुले उनलाई शनिबार साँझ काठमाडौं–१६ बिजेश्वरीबाट पक्राउ गरेको हो ।

उनीसहित १० जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

खालबाट एक लाख ५३ हजार पाँच सय र सात बुक तास प्रहरीले बरामद गरेको छ । भाडामा लिइएको फ्ल्याटमा नियमित रुपमा जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रायसहित १० जना पक्राउ परेका हुन् ।