देशभर कोरोनाबाट थप २९३३ जना संक्रमित, ३१५० जना निको भए

संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुग्यो, अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२

कात्तिक, १७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २४ घण्टाको अवधिमा २९३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १५० रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ रहेको छ । यो कुल संक्रमितको ७८.२ प्रतिशत हो ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ११९ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३० हजार ९२४ रहेका छन् भने भेन्टिलेटरमा ७४ र आईसीयूमा ३४७ जना रहेका छन् ।