ठूलो परिमाणमा लागुऔषधसहित सर्लाहीबाट किशोर नियन्त्रणमा

कात्तिक १८, सर्लाही ।
जिल्लाको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरबाट सशस्त्र प्रहरीले ठूलो मरिमाणमा लागु औषधसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ ।

ब्रम्हपुरी–४ त्रिभुवननगर दशगजा क्षेत्र शेखटोल नाकाबाट दुई सय एक बोतल लागुऔषधसहित सोमबार करिब ४ बजे एक जनालाई पक्राउ गरिएको बोर्डर आउटपोष्ट (बिओपी) प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक सञ्जितकुमार सिंहले जानकारी दिए ।

कफक्युर–डिसी १०० मिलीका ११ बोतल, विनसिरेक्स १०० मिलीका १४० बोतल, रेप्लिन १०० मिलीका ५० बोतल र नाइट्राभेट–१० ट्याब लेखिएका सात पत्तासहित सर्लाहीको हरिवन नगरपालिका–११ का अन्दाजी वर्ष १६ का अजय गिरी पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक सिंहले बताए ।

भारतबाट लुकाइछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले सो परिमाणमा लागुऔषध बरामद गरेको हो । नेपाली बजारमा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध रहेको लागुऔषध पछिल्लो समय नेपाल–भारत खुला सिमानाको कारण नेपाली बजारमा प्रशस्त पाइने गरेको छ । (रासस)