कात्तिक १८, काठमाडौं ।
प्रहरीले स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । उक्त रकम हुन्डि रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।
डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।







