थपिए ३११४ जना कोरोना संक्रमित, कुल संख्या १ लाख ७९ हजार ६१४ पुग्यो

३७ हजार ४३७ जना सक्रिय संक्रमित

कात्तिक, १८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ३११४ जनामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ४३७ जना सक्रिय संक्रमित छन्।