फिदिम नगरपालिका १५ दिनका लागि लकडाउन

कात्तिक, १९ फिदिम । समुदायस्तरमा तिब्र रुपमा कोरोना संक्रमण फैलिएपछि १५ दिनका लागि फिदिम नगरपालिका सिल गरिएको छ ।

बजार क्षेत्रमा अति आवश्यका बाहेकका सबै क्षेत्र बन्द हुने नगरपालिकालले जनाएको छ । फिदिम नगरपालिकाको रोकथाप, नियन्त्रण र व्यवस्थापनको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
बजार क्षेत्रका सबै व्यावसाय र यातायात आज राति १२ बजेदेखि बन्द गरेको छ ।

बैठकले उक्त अवधिभर नगरपालिकाको समेत अत्यावश्यक बाहेकका सेवा बन्द गरिने बताइएको छ ।