वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ चिकित्सकहरुद्वारा सामूहिक राजिनामा

कात्तिक, १९ काठमाडौं । वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ चिकित्सकहरुले सामूहिक राजिनामा दिएका छन् ।

बुधवार अस्पताल प्रशासनसँग विभिन्न मागहरु राख्दै आएका उनीहरुले माग पुरा नभएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरी समक्ष राजिनामा बुझाएका हुन् ।

अस्पतालले दशैँको भत्ता नदिएका, तलब कतौती गरेर दिएको तथा हप्तामा ९६ घण्टा काममा खटाइएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै अस्पतालले विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको समेत चिकित्सकहरुले बताएका छन् ।