कात्तिक, २० काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग झन्डै १ घन्टा वार्ता गरेर कार्यकारी अध्यक्ष दाहाल बालुवाटारबाट निस्किएको स्रोतले बताएको छ ।
नेकपा भित्र ‘विभाजनको बहस’ चलिरहेको छ । अध्यक्ष प्रचण्ड नेकपाका अध्यक्षसमेत रहेका प्रचण्ड ५ दिनपछि बालुवाटार पुगेर छलफल गरेको स्रोतले बताएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका बैठक बोलाएर समस्याको समाधान गर्न माग गर्दै आएका छन् भने ओलीले अध्यक्षद्वयबीच पहिला छलफल सम्पन्न गरेर मात्रै बैठकमा जानुपर्ने तर्क गरिरहेका बेला उनीहरुबीच भेटघाट भएको बुझिएको छ ।







