खुलामञ्चमा खाना नबाँड्न दिएको निर्देशनबारे मेयर शाक्यलाई सोध्ने संसदीय समितिको निर्णय

कात्तिक, २० काठमाडौं । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खुलामञ्चमा खाना नबाँड्न दिएको निर्देशनबारे काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई सोध्ने भएको छ ।

खुलामञ्चमा खाना नबाँड्न काठमाडौं महानगरले दिएको निर्देशनका विषयमा मेयर शाक्यलाई नै बोलाएर सोध्ने निर्णय भएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए ।

सभापति शाहका अनुसार बोलाउने मिति भने तय भएको छैन् ।

‘आगामी सोमवार वा मंगलबार बैठक राख्ने र छलफल गर्ने भन्ने भएको छ । छलफलमा शाक्यसहित उपत्यकाका मेयर फोरमका प्रतिनिधिहरुलाई समेत बोलाउने भन्ने भएको छ’ बैठकपछि उनले पत्रकारहरुसँग ने ।

प्रत्येक वडाका खाना खुवाउने व्यवस्था मिलाऔं : सांसद प्रधान

समिति बैठकमा पूर्व मन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले उपत्यकामा प्रत्येक वडामा खाना खुवाउने व्यवस्था मिलाइनुपर्ने बताए ।

सांसद प्रधान काठमाडौंबाटै संघीय संसदमा प्रतिनिधित्व गर्छन ।

‘कोभिड कोषमा पैसा छ । त्यो पैसा खर्च गरेर भए पनि खाना नपाएकाहरुलाई खाना खुवाउनुपर्छ । भोक र रोगले मर्न दिनु भएन नी !’ उनले भने ।

खान नपाएकाहरुलाई खाना खुवाउने दायित्व स्थानीय सरकारको भएको भन्दै सांसद श्रेष्ठले अगाडि थपे, ‘काठमाडौंमा मेयर हावादारी कुरा गरेर हिडिरहनुभएको छ । तिनलाई समितिमा बेलाएर छलफल गर्नुपर्छ ।’

सांसद प्रधानको प्रस्तावमा अन्य सांसदहरुले पनि समर्थन जनाए ।

हन्ड्रेड्स ग्रुप नेपालका स्वयंसेवीले खुलामञ्चस्थित बसपार्कमा खाना खुवाउँदै आएका छन् । जहाँ काठमाडौं मात्र नभएर, भक्तपुर र ललितपुरबाट समेत खाना खान आउने गरेको जनाइन्छ ।

तर, केही दिन अघि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिएको थियो । यस निर्वायबारे सर्वत्र आलोचना भएपनि काठमाडौं महानगरका मेयर शाक्यले पार्टी प्यालेसमा खाना खुवाउन अभियन्ताहरुलाई आग्रह गर्र्दै आएका छन् । बरु पार्टी प्यालेसको भाडा महानगरले तिरिदिने उनको प्रतिवद्धता छ ।

तर, अर्को व्यवस्था नगरी महानगरले खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिएको भन्दै आलोचना हुँदै आएको छ ।