कात्तिक २१, नवलपरासी ।
टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–३ भुकुटेडाँडामा टिप्पर दुर्घटनाग्रस्त भएको थियो ।
जसमा बारको सिमरा घर भएका चालक रामहरि थापा र सोही स्थानका सहचालक राजेन्द्र चौधरीको मृत्यु भएको छ । बिहीबार दिउँसो उक्त दुर्घटना भएको थियो ।
सल्लाघारीको भित्री सडकबाट पाल्पाको ज्यमिरेतर्फ गइरहेको प्रदेश नं. २–०३–००१ क ००७५ नम्बरको खाली टिपर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त टिपर सडकबाट तीन सय मिटर तल खस्दा दुवै जनाको घटनास्थलमा ज्यान गएको थियो ।







