हेटौंडाबाट घूससहित इञ्जिनियर पक्राउ

कात्तिक २१, मकवानपुर ।
हेटौंडाबाट १० लाख रुपैयाँ घूस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई बिहीबार प्रक्राउ गरेको हो ।

उनले प्रसारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा–१० बसपार्क मेगा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

इन्जिनियर जैसवाललाई नियन्त्रणमा लिएर अख्तियारले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।