कात्तिक २१, काठमाडौं ।
नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा जागिर खुलाएको छ ।
विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।
खुला र समावेशी गरी माली र बगैंचे, भान्छे, हजाम, सिलाइ र बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान भएको हो ।
नौ जना माली र बगैंचे, दुई सय सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ र बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि जागिर खुलेको हो ।
खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिलारपुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन् ।
मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ ।
खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउँछन् भने अरूका लागि ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ ।
दरखास्तका लागि एक सय रूपैयाँ राजश्व बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउँछन् । १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने प्रहरीले जानकारी दिएको छ ।







