कोरोनाबाट वडाध्यक्ष शाहको मृत्यु

कात्तिक २१, कैलाली ।
जिल्लामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

शुक्रबार बिहान ६ः२५ मा ६३ वर्षीय शाहको मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।