कात्तिक २२, सुनसरी ।
प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।
करिब ३० वर्षीया महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले बिहीबार मेहताकै घरबाट उनलाई पक्राउ गरेको हो । उनले करकापमा पारेर ती महिलालाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
मेहतालाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । महिलाको स्वास्थ्य परीक्षण शुक्रबार नै इनरुवा अस्पतालमा गरिएको छ भने मेहता माथि मुद्दा चलाइएको छ । (रासस)







