कात्तिक २२, काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुटाउने प्रयास भइरहेको तर यो कुनै पनि हालमा नफुट्ने बताएका छन् ।
सुकुम्बासीलाई एकीकृत नमुना बस्ती हस्तान्तरण गर्न शुक्रबार मोरङको ग्रामथान गाउँपालिका पुगेका मुख्यमन्त्री राईले नेकपालाई कमजोर बनाउन र फुटाउन अनेक प्रयास भइरहेका बताए ।
‘अनेकौं षड्यन्त्रका तानाबाना बुनेर नेकपा नेतालाई फुटाउने प्रयास भइरहेको छ । घेराबन्दी गर्ने काम भएको छ,’ नेकपा नेता समेत रहेका उनले थपे, ‘नेकपा कुनै पनि हालतमा फुट्दैन, फुट्नु हुँदैन । नेकपा फुट्नका बनेकै होइन ।’
सरकार र संघीयतालाई असफल बनाउने षड्यन्त्रलाई पार्टी नेतृत्वले नजिकबाट बुझेकाले पार्टी नफुट्ने उनको भनाइ थियो ।







