देशभर २९५३ जना कोरोनाको नयाँ संक्रमित थपिए, २२०६ जना संक्रमण मुक्त

सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५

काठमाडौं, २२ कात्तिक । पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २७५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त थपिएका संख्यासँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार २०६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १४४ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।