कात्तिक २३, काठमाडौं ।
प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई हराएर अमेरिकाको राष्ट्रपतिको रुपमा जो बाइडनले बाजी मारेका छन् । उनी ४६औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन् ।
बहुमतका लागि आवश्यक दुई सय ७० इलेक्टोरल कलेजको उनले शनिबार राति नै पाइसकेका छन् । तर ट्रम्पले भने आफ्नो विजय घोषणा नगर्न बाइडनलाई चेतावनी दिएका छन् ।
उपराष्ट्रपतिम पहिलोपल्ट भारतीय मूलकी कमला ह्यारिस विजयी भएकी छिन् । दुवै जनालाई विश्वभरका नेता तथा कार्यकारी प्रमुखबाट शुभकामनाको ओइरो लागेको छ । (एजेन्सी)







