प्रधानमन्त्री ओलीद्वारा अमेरिकामा निर्वाचित राष्ट्रपतिलाई बधाई, निकट भएर काम गर्न चाहेको उल्लेख

कात्तिक, २३ काठमाडौं । अमेरिकामा निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

निर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई ट्वीट मार्फत बधाई दिएका हुन् ।

ऐतिहासिक जितका लागि राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई बधाई दिदै ओलीले नवनिर्वाचित अमेरिकी नेतृत्वसँग आफू निकट भएर काम गर्न चाहेको पनि उल्लेख गरेका छन् ।