कात्तिक, २४ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर बिदा भएपछि ऊर्जा तथा जलस्रोत मन्त्रालयले निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाको ठाउँमा शाक्यलाई नियुक्त गरेको थियो ।
त्यतिबेला शाक्य एनईए इन्जिनियरिङ कम्पनीमा काजमा थिए । कम्पनीबाट काज फिर्ता गरेर शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।







