कोरोना सङ्क्रमितलाई हेलिकप्टर मार्फत उद्दार

कात्तिक, २४ बागलुङ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान काठमाडौं लगिएको छ ।

यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडाैं लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिए । उनलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । सङ्क्रमितलाई काठमाडौं हयाम्स अस्प्तालमा लगिएको हो ।