यातायातमन्त्री नेम्वाङ कोरोनामुक्त

कात्तिक २५, काठमाडौं ।
भौतिक यातायात तथा पूर्वाधारमन्त्री बसन्त नेम्वाङ कोरोनामुक्त भएका छन् । उनको सचिवालयले सोमबार सामाजिक सञ्जालमार्फत उनी संक्रमणमुक्त भएको जानकारी दिएको हो ।

‘आज भएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो,’ सचिवालयद्वारा सम्प्रेषित सन्देशमा भनिएको छ । नेम्वाङमा गत कात्तिक ३ मा कोरोना पुष्टि भएको थियो ।

त्यस यता उनी होम आइसोलेसनमा बस्दै आएका थिए ।