कात्तिक २५, काठमाडौं ।
अर्मिनिया र अजरबैजानबीच रुसले सम्झौता गराएको छ । रूसले नागोर्नो–काराबाखÞको विवादित भागमा सैन्य संघर्ष समाप्त गर्न एक सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्मिनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले यस सम्झौतालाई ‘आफ्नो र आफ्नो देशका लागि दर्दनाक’ भनेका छन् ।
६ सातादेखि अजरबैजान र जातीय अर्मिनियावासीबीच जारी युद्धपछि यो सम्झौता भएको हो ।
यो क्षेत्र अन्तरराष्ट्रीय स्तरमा अजÞरबैजानको भाग मानिन्छ । सन् १९९४ मा दुवै देशबीच शान्ति सम्झौता नगरी युद्ध विराममाथि सम्झौता भएको थियो ।
सेप्टेम्बरयता युद्ध सुरु भए पनि धेरैपल्ट दुई देशबीच युद्धविराम भएको छ । तर प्रत्येक पल्ट युद्ध विराम भंग हुँदै आएको छ ।







