तिहारमा तीन दिन बैंक बन्द रहने

कात्तिक २६, काठमाडौं ।
तिहारमा तीन दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने भएका छन् ।

नेपाल बैंकर्स संघले कोरोनाको संक्रमण देशभर नै बढ्दै गएको कारण र त्यसँगै कर्मचारीहरुमा पनि संक्रमण बढिरहेको कारण देखाउँदै सदस्य बैंकहरुसँग तिहार बिदाका बेला शाखा कार्यालय बन्द गर्न आग्रह गरेको थियो । त्यसै अनुसार तीन दिन बैंकहरूले बन्द गर्ने भएका हुन् ।

संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने जनाएको छ । संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी संक्रमित भईसकेका छन् । यो अवधिमा डिजिटल बैंकिङ सेवा निरन्तर हुने र एटीएम सञ्चालन हुनेछ ।

संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।