नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

देशभर थपिए २५६७ जना कोरोना संक्रमित थपिए, संक्रमण मुक्त हुनेको संख्या १६६६ पुग्यो

कात्तिक, २६ काठमाडौं । पछिल्लो विवरण अनुसार बितेका २४ घण्टामा थप २५६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २३२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १६६६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

अहिलेसम्म नेपालमा १५ लाख ७४ हजार २९५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १०९रहेको छ ।