थप २६ जनाको कोरोनाबाट मृत्यु, कुल संख्या ११७४ पुग्यो

कात्तिक, २६ काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १७४ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

अहिलेसम्म नेपालमा १५ लाख ७४ हजार २९५ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ११०९ रहेको छ ।