तालिबानहरुले युद्धविराम गरेको भए पनि हिंसात्मक हमला रोकेका छैनन्- अफगान राष्ट्रपति घानी

कात्तिक, २६ काबुलैं । तालिबानहरुले नागरिकमाथिको हमलाहरु घटाउने भनेको भए पनि अफगानिस्तानमा हिंसामा कमी नआएको अफगान राष्ट्रपतिले जानकारी दिए ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मंगलबार सो कुरा बताएका हुन् । उनले क्षेत्रीय शान्ति र प्रगतिका लागि सबै आतंकवाद नियन्त्रणसम्बन्धी सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सांघाइ कोअपरेसन अर्गनाइजेसन सम्बन्धी सम्मेलनलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् । उनले भने– अफगानिस्तानले विभिन्न खालका आतंकवादी क्रियाकलापहरु सहनुपरेको र देशले ठूलो हिंसा पनि व्यहोर्नुपरेको छ । यी सबै आतंककारी क्रियाकलापहरुलाई नियन्त्रणमा गर्न सबैको सहयोगका अपेक्षा गरेका छौँ ।
उहाँले पछिल्लो समयमा तालिबानहरुले शान्ति वार्ताको शुरुवात गरेका छन् र उनीहरुले सर्वसाधारण नागरिकमाथि हमला नगर्ने पनि बताएका छन् भने ।

तर उनीहरुले यस्ता जतिसुकै प्रतिबद्धताहरु व्यक्त गरेको भए पनि हमला गर्न भने नछोडेका बताए । ।ताबिलानहरुले शान्ति वार्ताको शुरुवात गरेपछि यस्तो खालको हिंसा नहुने बताएका भए पनि अफगानिस्तानका विभिन्न क्षेत्रमा हिंसात्मक हमला गर्न भने नछोडेको कुरा दाहोर्याए ।

अफगानिस्तानको टोलो न्युजका अनुसार अफगान राष्ट्रपति घानीले यसअघि पनि शान्ति वार्ताको लागि भन्दै तालिबानहरुले युद्धविराम गरेका र शान्ति वार्ताका लागि भन्दै हिंसात्मक खालका हमलाहरु नगर्ने भनेको भए पनि उनीहरुले त्यस्तो इमान्दारिता नदेखाएका बताए ।

पछिल्ला दिनहरुमा पनि तालिबानहरुले अफगानिस्तानमा हमला गर्न नछोडेका र सर्वसाधारण नागरिकहरुको ज्यान दिन प्रति दिन गइरहेको उउनले बताए भएको टोलो न्युजले बताएको छ ।