देशभर थपिए १४९० जना कोरोना संक्रमित, १५७६ जना निको भए

नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६४६

मंसिर, १७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५६७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ । भने हाल नेपालमा १६ हजार ५ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।