आज मध्यान्हदेखि ग्यापुको सेल

मंसिर २७, काठमाडौं ।
ग्यापु मार्केटप्लेसले आज शनिबार १२ः१२ लाइभ सेलको आयोजना गरेको छ । शनिबार दिउँसो १२ बजेदेखि बेलुका १२ बजेसम्म उक्त सेल चल्नेछ ।

ग्यापुले हरेक घण्टा छुट्टाछुट्टै क्याटागोरीका सामान सेलमा राख्नेछन् । उक्त सेलबारे ग्राहकले ग्यापुको फेसबुक पेज लाइभमार्फत थाहा पाउनेछन् ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइट मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपीएस र इसेवामार्फत भुक्तानी गर्न सक्नेछन् ।

त्यस्तै डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् ।