मंसिर, २८ काठमाडौं । आजका लागि बोलाईएको संवैधानिक परिषद्को बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।
संवैधानिक परिषद्मा गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको स्रोतले बताएको छ ।
आजको बैठकमा पमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएसँगै गणपुरक संख्या नपुगेको र बैठक स्थगित गरिएको हो ।
संवैधानिक परिषद्मा ५ जनाको अनिवार्य उपस्थिती हुनुपर्ने तर प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेकाले बैठक स्थगित भएको हो ।
सभापति देउवाले रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएका थिए ।
संवैधानिक आयोगहरुमा प्रखुमसहित रिक्त आयोगहरुमा पदपूर्तिका लागि भन्दै शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक बैठक बोलाएका थिए ।







