मङ्सिर २९, अर्घाखाँची । अर्घाखाँची जिल्लामा बिभिन्न पार्टी परित्याग गरि प्रबेश गर्नेको लहर लागेको छ।
आज मालारानी गाउपालिका वार्ड नम्बर ५ भडारमा विभिन्न पार्टी परित्याग गरि नेता र कार्यकर्ता सहित करिब १८ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।
बर्तमान सरकार जनताको लागि भन्दा आफ्नो स्वार्थ पुर्तीमा लागेको भन्दै उनीहरु नेपाली कांग्रेसमा प्रबेस गरेका हुन् ।
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा संसदीय दलकी सचेतक माननीय सांसद पुस्पा भुसालले पार्टी प्रबेस गराउनु भएको थियो।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलकी सचेतक पुष्पा भुसालले वर्तमान केपी ओली सरकारले जनतालाई झुट्टा आश्वासन बाँडेर भ्रम छरेको बताइन । जनता कोरोनाको महामारीमा रहेको बेला सरकार सत्ताको जितहारको खेलमा रहेको बताइन ।
नेपाली कांग्रेस अर्घाखाँचीका पाटी सभापति विष्णुप्रसाद खनाल (मुस्कान) ले विभिन्न पाटी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई पाटीमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताए । दुई तिहाइको मतलाई अपमान गर्दै सरकारले भ्रष्टचार, अनियमितता र लोकतन्त्र नै मास्न लागी परेको आरोप लगाए ।
यस पार्टी प्रवेश कार्यक्रम सभापति मनिराम खनालको अध्यक्षतामा रहेको थियो। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलकी सचेतक माननीय सांसद पुस्पा भुसालको प्रमुख अतिथिमा कार्यक्रम रहेको थियो
उपस्थितिमा नेपाली कांग्रेस अर्घाखाचीका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान),नेपालि कांग्रेस जिल्ला पूर्व सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , नेपाली कांग्रेसकी नेत्री तथा लुम्बिनी प्रदेश सभासद एवंम सचेतक निर्मला क्षेत्री, नेपाली काङ्ग्रेस जिल्ला उपाध्यक्ष शान्ता भण्डारी, नेपाली कांग्रेस जिल्ला सदस्य तथा कृषि बन तथा बातावरण बिभागका प्रमुख बिष्णु क्षेत्री, नेपाली कांग्रेस जिल्ला सदस्य प्रचार प्रसार बिभाग प्रमुख माधब प्रसाद पौडेल, नेपालि कांग्रेस मालारानी गाउपालिकाका संयोजक तथा वार्ड नम्बर ३ का वार्ड अध्यक्ष सोभाखर खनाल नेपाली कांग्रेसका पुर्व सचिब लोकेन्द्र बिश्वकर्मा ,नेपाली कांग्रेस जिल्ला पूर्व सह-सचिव बाबुराम पौडेल,नेपाली कांग्रेस जिल्ला आमन्त्रित सदस्य ठाकुर पन्थी,नेपाली कांग्रेस आमन्त्रित जिल्ला सदस्य हेमन्त बेलबासे ,नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का,नेपाल बिधार्थी संघका जिल्ला अध्यक्ष भरत मणि भट्टराई, नेपाल तरुण दल सन्धिखर्क नगरपालिकाका नगर अध्यक्ष जम्सेर मिया र नेपाली काङ्ग्रेसका नेता तथा अन्य कार्यकर्ता हरु थिए ।







