मंसिर, २९ काठमाडौं । चन्दागिरी नगरपालिका–२ स्थित मसिने भिरमा सवारी दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृतयु भएको छ ।
ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो । दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।







