मङ्सिर, २९ प्युठान। प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर दुई को वान्नामा आज पहिलोपटक बस पुगेको छ । जिल्लाको मल्लरानी गाउँपालिकाको दोस्रो ठूलो ब्यापारीक केन्द्र चुजाठाटि भन्दा करिब ३.५किलोमीटर भित्र रहेको सो गाउँमा आज पहिलोपटक बस पुर्याइ बस र बसपार्कको गाउँपालिका अध्यक्ष अम्मरध्वज रानाले रिवन काटी उद्घाटन गरेका छन ।उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रानाले अब नियमित रुपमा बसको नम्बर लगाइ यस क्षेत्रका जनताहरुले सहजै रूपमा यात्रा गर्न पाउने आफू विश्वस्थ रहेको बताए।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समिति प्युठानका पुर्व सभापति बोम बहादुर खत्रीले यातायातको सुबिधा नै अहिलेको मुख्य सूविधा भएको बताए ।कार्यक्रम मल्लरानी गाउँपालिका वाडा नम्बर दुईका अध्यक्ष लेखबहादुर थापा कार्यपालिका सदस्य सीता पुन वडा सदस्यहरु गणेश जि .सि सीता नेपाली वडा सचिव उमाकुमारी कार्की स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि समाजसेवी शिक्षा प्रेमी लगायतको उपस्थिति रहेको वडा नम्बर दुइका कार्यालय सहयोगी धुर्व भट्टले बताए ।







