सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोज्यो : सभापति देउवा

‘मैले भनेको थिएँ, कम्युनिष्टहरू जितेछि हाँस्न त के रूँन पाइने छैन’


मंसिर, २९ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावको समयमा भनेका कुराहरु मिल्दै गएको बताएका छन् ।

मकवानपुरमा सरकार विरुद्धको अभियानको वृहत प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले भने–‘कम्युनिष्टहरू जिते भने हाँस्न त के रून पनि पाइँदैन भनेको स्मरण गर्दै देउवाले हिजोआज कोही रोयो भने प्रधानमन्त्री केपी शर्मा ओलीको खिलापमा रोएको भनेर पक्रेर लैजाने अवस्था रहेको बताए।’

उनले थपे‘ ‘मैले भनेको थिएँ, कम्युनिष्टहरू जितेछि हाँस्न त के रूँन पाइने छैन भनेर। आज कोही रोयो भने किन रोयो भनेर जेल हाल्न बेर छैन,।’

उनले भने, ‘यो सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको छ।’

उनले कोरोना नियन्त्रण गर्न प्रधानमन्त्री ओलीलाई विनाशर्त सहयोग गर्न तयार रहे पनि काम नगरेको आरोपसमेत लगाए ।