मंसिर ,३० सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको बाह्रबिसेमा नेपाली काँग्रेसले गरेको प्रदर्शनमा अनौठा दृश्य देखिएको थियो । जहाँ प्रदर्शनको अघि अघि दुई युवा किरियापुत्री हिडेका थिए । झट्ट फोटो देख्नेलाई लाग्न सक्थ्यो किरियापुत्री नै प्रदर्शनमा सहभागी भए भन्ने । तर वास्तवमा त्यस्तो होइन् ।
वर्तमान नेकपा सरकार जनताका लागि मरेको भन्दै स्थानीय दुई युवा नेता युधिर पौडेल र टपेन्द्र दर्नालले किरिया गरेका हुन् । अर्का स्थानीय नेता नेत्र बहादुर थापाले शंख फुकेका थिए ।
पौडेलले भने `प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल आम जनताका समस्याका विषयमा मरे सरी छन् त्यसैले हामीले किरिया गरेका हौं ।`
भ्रष्टाचारमा लिप्त भएको, कोरोना नियन्त्रणको प्रयास नगरेको, भ्रष्टाचारीलाई प्रधानमन्त्रीले प्रश्रय दिएको, नेताहरु नैतिक चरित्रहीन भएको भन्दै आज काँग्रेसले सरकार विरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । आफूले विरोध स्वरुप किरिया गरेको पनि पौडेलले बताए।यो समाचार सिन्धु खबरमा प्रकासित गरिएको छ।







