सैनामैनामा देशकै लामो चक्रपथ धमाधम बन्दै बजेटको चिन्ता नर्गनुस् -अर्थमन्त्री पौडेल

मंसिर ,३० रुपन्देही ।सैनामैनामा नेपालकै सबै भन्दा लामो ५४ किलो मिटर चक्रपथ आयोजनाको कार्य धमाधम हुदैछ । संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले सैनामैना चक्रपथको निरिक्षण गर्दै आयोजनाका लागि बजेटको चिन्ता नर्गन आग्रह गरेका छन ।
सैनामैना नगरपालिकाकोे वडा नं १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करिब २० किलोमिटर उत्तरतर्फ र दक्षिणतर्फ ७ किलोमिटर चक्रपथको मंगलबार बिहान स्थलगत निरीक्षण गर्दै पौडेलले सैनामैना चक्रपथको आयोजना निर्माणका लागि सरकारले बजेटको प्रबन्ध मिलाउने प्रतिबद्धता व्यक्त गर्दै चिन्ता नर्गन आग्रह समेत गरेका हुन । उनले भने – ‘संघीय सरकार र प्रदेश सरकारबीच छलफल गरी बजेटको प्रबन्ध मिलाउँछौ, बजेटको पाटोमा तपाईहरु चिन्ता कम गर्नुुस्,, खासगरी कार्यान्वयनको पाटोमा ध्यान दिनुस् र तोकिएको समयमा आयोजना सम्पन्न गर्ने किसिमले काम गर्नुस् । ’
सैनामैना चक्रपथ नगरको शहरीकरणका निम्ती र आम नागरिकहरुलाई यातायात सुविधा पु¥याउनका लागि एउटा अत्यन्तै महत्वपुर्ण विकासको आयोजनाको रुपमा रहेको पौडेलले बताए । मन्त्री पौडेलले चक्रपथमा रहेका स्थानीयसँग छलफल गर्दै सडकको कामलाई गुणस्तरीय बनाउन स्थानीयको भूमिका र जागरुकता आवश्यक रहेको उल्लेख पनि गरे ।
स्थलगत निरिक्षणका क्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरि, प्रदेश सभा सदस्य भुमिश्वर ढकाल, कमला विश्वकर्मा, सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्की, उपप्रमुख बिना राना, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायत सहभागी थिए । नगर प्रमुख कार्कीले अर्थमन्त्री पौडेललाई सैनामैना चक्रपथका विषयमा विस्तृत जानकारी गराएका थिए ।
कुल रु. ५७ करोड १२ लाख लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको छ । नगरपालिकाको वडा नं ११ मा पर्ने क्षेत्रको चक्रपथ सडकको दुई किलोमिटर सडक कालोपत्रे भएको छ । सो सडकको १६.५ किलोमिटर ग्राभेलको काम सकिएको र करिव १३० कल्भर्ट र ८ पुल निर्माण हुनेछन् । जसमा सुखौरा पूल, तुल्बुलिया पूल, कन्चन खोला पूल र पहिला खोल पूल, प्रदेश सरकारबाट बजेट विनियोजन गरेर ४४ करोड ५० लाखको ठेक्का प्रक्रिया भएर सम्झौताको क्रममा रहेका छन् । त्यस्तै इंगुरिया खोला, घमाह खोला र सुकौली खोला अध्ययनको शिलशिलामा छन् । बन्द्रा खोला क र ख अवस्थामा रहेको हुँदा थप अध्ययन गरिदै छ ।
सो सडक करिब ५४ किलोमिटर लामो छ । वि.स २०७४ जेठ १७ गते चक्रपथ सडकको ठेक्का सम्झौता भएको उक्त आयोजना वि.स २०७८ मङ्सिर ७ गतेसम्म पुरा हुने लक्ष्य लिइएको छ ।