सिटिईभिटिद्धारा सम्बन्धन प्राप्त सीपमुलक तालिम

पुस ,०१ कपिलवस्तु ।सिटिईभिटिबाट सम्बन्धन प्राप्त विभिन्न सीपमूलक निशुल्क व्यवसायिक तालिमको कपिलवस्तुको चारनम्बरमा उद्घाटन गरिएको छ ।

चार नम्बरस्थित सिद्धार्थ इन्स्टिच्युट र बुद्ध प्रोफेशनल एकेडेमी प्रा.लि.मा सञ्चालन हुने उक्त तालिमको मंगलबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सदस्य विष्णु पन्थी, वडा नं. १ की वडाध्यक्ष बालकुमारी पन्त र वाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसी लगायतले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सांसद पन्थीले सिप सिकेर आत्मनिर्भर बन्नु नै सबैभन्दा ठूलो उपलब्धी हुने भन्दै सम्पुर्णलाई ध्यान दिएर तालिम लिन आग्रह गरेका थिए । निश्चित समयमा तालिममा सिकेर केही नहुने भन्दै सिकेका कुरालाई व्यवहारमा उतारी उत्पादनशिल बन्न समेत आग्रह गरे ।

शिक्षा शाखा अधिृकत जिसीले प्रशिक्षार्थीलाई तालिममा मात्र सिमित गराउने प्रचलन रहेको भन्दै तालिमसंगै व्यवहारीक सीप दिन आग्रह गरे।

वडाध्यक्ष पन्तले पुरुषको तुलनामा महिला पछाडि परेकाले अब महिलाहरु पनि आत्मनिर्भर बन्न आवश्यक रहेकोमा जोड दिए । व्यवसायीक तालिममा वडाको तर्फबाट पनि सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सिटिइभिटिद्धारा सम्बन्धन प्राप्त व्यवसाय विकास तथा परामर्श केन्द्र प्रालिद्धारा सञ्चालित निशुल्क तालिममा मन्टेश्वरी, ब्युटीसीयन, टेलरीङ्ख, कम्प्युटर अप्रेटर, डल कुशन, रानीहार बनाउने तालिम रहेको सिद्धार्थ इन्स्टिच्युटका सञ्चालक सुशील खत्रीले जानकारी दिए ।