नेकपाको महाधिवेशन २०७८ मंसिर २ गते गर्ने ओली पक्षको निर्णय

५५६ जना केन्द्रीय कमिटी सदस्यले सपथ प्रहण गरे

पुष, ७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन २०७८ मंसिर २ मा गर्ने ओली पक्षले निर्णय गरेको छ ।

ओली समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन भएका प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

यस्तै ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छन् । आज उनीहरुलाई सपथ ग्रहण गराएका छन् ।