पुस ,०७ बुटवल । महिला उद्यमीहरुले सञ्चालन गरेका उद्यमहरुलाई प्रोत्साहन र पृष्ठपोषण दिनका निम्ति बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्य बुटवल वडा नं. १३ मा रहेका उद्यमहरुमा पुगेकी छन् ।सीता खनालसहित चारजना महिला दिदीबहिनीहरुले सञ्चालन गरेको पुष्प तथा तरकारी खेती,जमुना सुवेदी पोखरेल लगायत आठजनाद्वारा सञ्चालित भिजन कन्ये च्याउ पकेट कार्यक्रम र उनै सुवेदीद्वारा सञ्चालित शौर्य गार्मेन्टमा पुगेर सञ्चालकहरुले गरेको उद्यम,उनीहरुको प्रगतिमा आवश्यक प्रोत्साहन र पृष्ठपोषण प्रदान गर्दै उपप्रमुख गोमादेवी आचार्यले महिलाहरु आफ्नै खुट्टामा उद्यम गरेर उभिन सक्षम भइसकेको बताइन् ।साथै उनले अवसर र आवश्यकताले नै महिलाहरु उद्यमी बन्न सक्ने र त्यसका लागि आवश्यक आर्थिक एवम् नैतिक सहयोग गर्न आफू तयार रहेको समेत बताइन् ।उत्पादनलाई बजारीकरण गर्न,प्रविधिमैत्री हुन र आम्दानीमुखी कार्यक्रमहरुसँग जोड्न महिला उद्यमीहरुसँग उपप्रमुख महिला उद्यमशीलता विकास समिति तयार रहेको बताइन् ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि सरस्वती नेपाली,सामाजिक उद्यमी दलबहादुर गुरुङ,बुटवल उपमहानगरपालिकाका कर्मचारी रामप्रसाद पन्थी लगायले महिलाहरुले सञ्चालन गरेका उद्यमहरु हेरी सकेपछि उनीहरुलाई थप सफलताका निम्ति शुभकामना व्यक्त गरेका छन् ।
महिला उद्यमीलाई प्रोत्साहन गर्न उपप्रमुख उद्यमहरुमा







