ओलीको स्थानमा माधव नेपाल बने अध्यक्ष

पुष, ७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षबाट केपी शर्मा ओली लाई हटाइएसँगै माधवकुमार नेपाल नयाँ अध्यक्ष बनेका छन् ।

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित भएको हो ।